भूकम्पमा परी १९ जना घाइते

Posted on: 23 Jun, 2019

असार ८, काठमाडौँ (एजेन्सी ) चीनको दक्षिणी क्षेत्रमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन् ।  सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा शनिबार ५.४ म्याग्नीच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 

घाइतेहरु सबैलाई उपचारका लागि तत्कालै नजिकैका अस्पतालहरुमा लगिएको छ । घाइतेहरुमध्ये कसैको पनि अवस्था गम्भीर र चिन्तजनक नभएको पनि उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । 

स्थानीय समय अनुसार शनिबार राति १०.२९ बजेतिर भूकम्प आएको चिनियाँ भूगर्भ केन्द्रले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!