कार्टुनमा अमेरिकी राष्ट्रपति: कार्टूनिस्टलाई जागिरबाट निकालियो

Posted on: 02 Jul, 2019

असार १७ (ओटावा) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई म्याक्सिको सीमा विवाद इंगित एक कार्टूनमा देखाएको कारण क्यानडाका कार्टूनिस्ट माइकल डी एडर जागिरबाट निस्कासित भएका छन् । सबै अखबारले उनको सेवा लिन बन्द गरिदिएका छन् । पछिल्लो बुधवार यो कार्टून भाइरल भएको थियो ।

कार्टुनमा म्याक्सिको-अमेरिका सीमामा नदीमा डुबेका एकजना बाबु र उसकी छोरीको शवसँगै ट्रम्पलाई हातमा गल्फ स्टिक लिएर उभिईरहेको देखाईएको थियो । कार्टुनमा राष्ट्रपतिले सोध्दै थिए कि, 'म यहाँ खेलें भने तपाइँलाई नराम्रो लाग्छ ?'

बुधवार डी एडरद्वारा उक्त कार्टुन सार्वजनिक गरिएको थियो । हफपोस्ट क्यानडाका अनुसार, कार्टूनमा अस्कर अल्बर्टे मार्टिनेज रामिरेज र उनको २३ महिनाकि छोरी व्यालेरियालाई निकै पीडादायक तश्वीरबाट प्रेरित छ । जुन तश्वीर अल सल्भाडोर छोडेपछि म्याक्सिकोदेखि अमेरिकामा प्रवेश गर्ने प्रयासमा नदी पार गर्दैगर्दा मारिएका थिए ।


यस कार्टूनले क्यानडा र अमेरिकाका जनताको ध्यान खिचिएको थियो । अभिनेता जर्ज टेकी र मार्क ह्यामिलले यसलाई ‘पुलित्जर पुरस्कार योग्य' बताएका छन् ।

डी एडरले शनिवार ट्विटरमा उक्त कार्टुनबारे पोस्ट गर्दै भनेका छन् कि - उनले ब्रन्सविक न्यूज इंकको स्वामित्वमा रहेको सबै अखबार, द म्यान्कटन टाइम्स ट्रान्सक्रिप्ट, फ्रेडरिक्टन डेली ग्लीनर, टेलीग्राफ-जर्नल र टेलीग्राफ जर्नल सेन्ट जन छोडेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!