पाकिस्तानमा डुङ्गा दुर्घटना ४ जनाको मृत्यु २१ बेपत्ता

Posted on: 04 Jul, 2019

असार १९, ऐजेन्सी |  उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन् ।

भाग्यबस कसैलाई जिवीतै उद्धार गर्न सकिन्छ भन्ने आशामा उद्धारकार्य जारी राखिएको उद्धारकार्यका संलग्न अधिकारीहरुले जानकारी दिएका छन् । खैबर पाख्तुनख्वा प्रान्तमा रहेको इनडुस नदीमा शाङगलाबाट हारीपुरबाट गइरहेको डुङ्गा बुधबार दुर्घटना भएको थियो ।  

यस डुङ्गामा ३८ व्यक्ति सवार रहेका र ती मध्य १३ जनाले भने पौडी खेलेर ज्यान बचाएका स्थानीय प्रहरी अधिकारी जाहिद उल्लाहले एएफपी समाचार समितिलाई जानकारी दिनु भएको छ । दुई महिला र दुई बालबालिकाको  शव नदीबाट निकालेको जाहिदले बताउनु भएको छ । उद्धारकार्य अझै  पनि जारी रहेको तर जिवीतै उद्धार गर्ने सम्भावना अत्यन्त कम रहेको पनि जाहिदले बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!