दक्षिण अफगानिस्तानमा छ सुरक्षा अधिकारी मारिए

Posted on: 05 Jul, 2019

असार २०, ऐजेन्सी | अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मिवान्द जिल्लामा बिहीबार राति भएको एक झपडमा छ सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी प्रमुख हाजी लालाले शुक्रबार उक्त जानकारी दिनुभएको छ । 

मिवान्द जिल्लामा रहेको मिवान्द बजारमा अवस्थित एक प्रहरीचौकीमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणपछि सुरक्षा अधिकारीहरु गरेको जवाफी कारवाहीमा छ सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य चार घाइते भएका लालाले बताउनुभएको छ ।  

यस झपडको क्रममा तालिबान लडाकू समूहको सदस्यहरु पनि हताहत भएका छन् तर यसको यकिन सङ्ख्या भने प्राप्त भएको छैन । यस झडपको विषयमा अफगान सरकारसँग लडाइँ गरिरहेको तालिबान समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!