संयुक्त राष्ट्र संघका एकजना शान्ति सैनिकको मृत्यु

Posted on: 17 Jul, 2019

साउन १, (रासस-सिन्ह्वा)  | सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ ।

राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुई जना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताउनुभयो ।

गोली लागेका इथियोपियाका शान्ति सैनिकको मृत्यु भएको हकले बताउनुभयो । अबेईमा राष्ट्रसंघीय शान्ति सैनिक तैनाथ छन् ।

उक्त आक्रमणका क्रममा दुई महिला र एक बालक सहित पाँच जना सर्वसाधारणको पनि ज्यान गएको छ । आक्रमणकारीको खोजी तीव्र बनाइएको पनि राष्ट्रसंघीय अधिकारीले बताएका छन् । 

संयुक्त राष्ट्र सुरक्षा परिषदले सन् २०११ मा अबेईमा शान्ति सैनिक तैनाथ गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!