भियतनाममा माछा पोखरीमा डुबेर चार बालबालिकाको मृत्यु

Posted on: 18 Jul, 2019

 साउन २, ऐजेन्सी  | भियतनामको मध्य प्रान्त खान्ह होआमा बुधबार माछा पोखरीमा डुबेर चार बालबालिकाको मृत्यु भएको छ ।

 स्थानीय सञ्चार माध्यमले बिहीबार उक्त जानकारी दिएका छन्  । खान्ह भिन्ह जिल्लामा रहेको यस पोखरीमा नुहाउन गएका तीन बालक र एक बालिका गहिरो खाल्डोमा डुबेका थिए । यी चार बालबालिका नजिकका आफन्त भएको समाचारमा जनाइएको छ । 

भियतनाममा बालबालिका डुबेर मर्ने घटनाक्रम एक महामारीको रुपमा रहेको र यहाँ प्रत्येक वर्ष दुई हजारभन्दा बढी बालबालिका डुबेर मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

दक्षिण पूर्वी एशियाका अरु देशको तुलनामा बालबालिका डुबेर मर्ने घटना भियतनाममा १० गुणा बढी हुने गरेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!