अमेरिकामा बेरोजगारी दर बढ्यो

Posted on: 19 Jul, 2019

साउन ३, ऐजेन्सी | संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।

जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरुको संख्या ८ हजारबाट वृद्धि भएर दुई लाख १६ हजार पुगेको छ । यसैबीच, अघिल्लो साताको तथ्याँकमा संशोधन गरी बेरोजगार भत्तामा दाबी गर्नेहरुको संख्या २ लाख ८ हजार देखाइएको थियो ।

श्रम विभागको तथ्याँकले बेरोजगारको दाबी गर्नेहरुको संख्या कम हुनुको अर्थ रोजगारीबाट बिमुख हुनेको संख्यामा कमी नआएको देखाउँछ । अमेरिकामा केही वर्षदेखि बेरोजगारको संख्या तीन लाखभन्दा कम देखिएको छ ।

तर अमेरिकी श्रम बजारमा गत जुन महिनामा २ लाख २४ हजार रोजगारी थप भएको पनि विभागले जनाएको छ । अमेरिकी तथ्याँक ब्यूरोले अमेरिकी बेरोजगारी दर ३ दशमलब ७ प्रतिशतको हाराहारी मात्र रहेको बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!