अस्ट्रियामा बिमान दुर्घटना

Posted on: 19 Jul, 2019

साउन ३, ऐजेन्सी |  अस्ट्रियाको पश्चिम टाइरोलमा बिहीबार एउटा सानो बिमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जर्मनीको सीमा नजिक हिमाली क्षेत्रमा बिमान ठोक्किएको प्रहरीले जनाएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार बिमानले समुद्र सतहबाट करिब २,३०० मिटरको उचाईमा रहेको हिमाली चट्टानमा ठक्कर दिएको थियो । 

कठिन भौगोलिक क्षेत्र भएकाले खोज तथा उद्धारमा कठिनाई भएको पनि प्रहरीले जनाएको छ । बिमान दुर्घटनाका सम्बन्धमा अनुसन्धान जारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!