अमेरिकाले फेसबुकलाई ५ अर्ब डलर जरिवाना लगायो

Posted on: 25 Jul, 2019

साउन ९, काठमाडौँ  | फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ | चर्चित सामाजिक सन्जाल फेसबुकलाई अहिलेसम्मकै धेरै जरिवाना लिने निर्णय गरेको हो |  

बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) लाई उद्धृत गर्दै फेसबुकमाथि जरिवाना गरिएको जनाएको छ । एफटीसीका अनुसार, फेसबुकले ५ अर्ब जरिवाना तिर्नेछ ।

एफटीसीका अध्यक्ष जो सिमोन्सले फेसबुकको गोपनीयता उल्लंघन घटाउन र गोपनीयताको संस्कृति विकास गर्न जरिवाना लगाइएको जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!