इरानद्वारा कब्जामा लिएका नौ जना भारतीयलाई रिहा

Posted on: 26 Jul, 2019

साउन १०, एजेन्सी  |  इरानले यही जुलाई १४ मा पानामाको ध्वजावहाक तेल ट्याङ्करलाई कब्जामा लिँदा नियन्त्रणमा लिएका १२ जना भारतीय नागरिकमध्ये नौ जनालाई रिहा गरेको भारतीय विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।

इरानले तेल बोक्ने उक्त पानीजहाज (एमटी रिआ) लाई गैरकानूनीरूपमा बेचेको पेट्रोलियम पदार्थको तस्करी गरेको आरोपसहित कब्जामा लिएको थियो ।

इरानी सरकार, अमेरिका र बेलायतबीच आणविक सम्झौताबाट फर्कने र इरानलाई नयाँ नाकावन्दी लगाउने घोषणा उग्ररूप लिँदा र हर्मुज घाँटी भएर तेल लान यो वा त्यो कारण देखाई समस्या उत्पन्न गर्दै आएको सम्बद्ध मुलुकहरूले जनाएका छन् । तर ती मुलुकका जहाजमा चालक दलका सदस्यका रूपमा काम गर्ने अन्य विदेशी नागरिक पनि इरानको कारबाहीमा पर्ने गरेका छन् ।

यो रिहाईसँगै अब इरानको कब्जामा २१ अन्य भारतीय रहेका छन् । इरानले एमटी रिआका अन्य तीनसहित बेलायती ध्वजावहाक सामान बोक्ने जहाज स्टेना इम्पेरोमा कार्यरत १८ जना भारतीयलाई पनि केही हप्ता पहिले कब्जामा लिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!