चिनमा पहिरोमा परी ३८ को मृत्यु

Posted on: 29 Jul, 2019

 साउन १३,  (रासस-सिन्ह्वा)  | चीनको गुइझोउ प्रान्तमा गत हप्ता आएको भिषण बाढी र त्यसपछि गएको पहिरोमा परी ज्यान जाने नागरिकको संख्या ३८ पुगेको जनाइएको छ । दक्षिणपश्चिमी चीनको सिचेङ काउन्टीमा गएको सो पहिरोका कारण सोमबार बिहानसम्म पनि १३ व्यक्ति बेपत्ता रहेका छन् । 

स्थानीय समयानुसार सोमबार बिहान ११ बजेसम्म उक्त पहिरोबाट ज्यान जाने नागरिकको संख्या ३८ पुगेको स्थानीय अधिकारीहरुले जानकारी दिएका हुन् । गत मङ्गबार नै सो क्षेत्रमा पहिरो गएको थियो । 

तर उक्त पहिरोबाट कम्तीमा पनि ४९ जना स्थानीय नागरिकको भने उद्धार गरिएको बताइएको छ । उद्धार गरिएकामा ११ जना गम्भीर घाइते भएकोले उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । 

सो पहिरोमा हराइरहेका नागरिक खोजी कार्य भईरहेको उद्धारकर्ताहरुले जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!