अमेरिकाले भेनेजुयलालाई आफ्नो शत्रु राष्ट्रको रुपमा व्यवहार गरेपछि ...

Posted on: 06 Aug, 2019

साउन २१, एजेन्सी | ट्रम्प प्रशासनले भेनेजुयला सरकारका अमेरिकामा जति पनि चल अचल सम्पत्ति छन् सबै ‘फ्रिज’ गरिदिएको छ । त्यसका साथै अमेरिकाले भेनेजुयलासँगको व्यापारिक सम्बन्धलाई क्युवा, सिरिया, इरान र उत्तर कोरियाको स्तरमा पु¥याएको छ । यसको अर्थ अब अमेरिकीहरुले भेनेजुयला सरकारसँग व्यापार गर्न पाउने छैनन् ।

यस परिवर्तनलाई आधिकारिकता दिन सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी निर्देशनमा हस्ताक्षर गरे । नयाँ प्रतिबन्धहरु तत्कालबाट लागु हुनेछन् । मदुरो र उनको सरकारका मानिसले सत्ता कब्जा गरिरहेको र मानव अधिकार विरोधी कार्य गरेकाले यो पछिल्लो कदम चाल्नु परेको ट्रम्प प्रशासनले स्पष्टिकरण दिएको छ ।

अमेरिकाले जनवरीमा भेनेजुयलाको विपक्षी नेता हुआँ गुइदोलाई भेनेजुयलाको वास्ताविक नेता स्वीकारेको थियो । मुदरो सरकारको विरोधमा भइरहेको सडक आन्दोलनको क्रममा ग्वाइडोले सडकबाटै आफूलाई देशको राष्ट्रपति घोषणा गरेको थिए । लगतै अमेरिका र उसका मित्र शक्तिले ग्वाइडोको दावीलाई समर्थन गरे । तर लामो विरोधका बावजुद अमेरिकाको चाहना अनुरुप गुइदोको हातमा सत्ता गएको छैन ।

निदेर्शनले व्यापार प्रतिबन्ध त लागु गरेको छैन तर यो निर्देशन मदुरो सरकारमाथि अमेरिकाको सबैभन्दा कठोर कदम हो । योसँगै अमेरिकाले भेनेजुयलालाई क्युवा, सिरिया, इरान र उत्तर कोरियाजस्ता विरोधी राष्ट्र बराबरको दर्जा दिएको छ ।

कार्यकारी निर्देशनले मदुरो अथवा उनको सरकाराई सहयोग गरेको ठान्ने जो कसैपनि अन्तक्रिया गर्न अमेरिकी नागरिकलाई प्रतिबन्ध लगाएको छ । यस अघि अमेरिकाले भेनेजुयलाको सरकारको केही मानिस र देशको तेल उद्योगमा मात्र प्रतिबन्ध लगाएको थियो । अहिले यो प्रतिबन्धलाई वृहद गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!