साइबर हमला गरेर उत्तर कोरियाले चोर्‍यो दुई खर्ब रुपैयाँ

Posted on: 07 Aug, 2019

साउन २२, एजेन्सी | उत्तर कोरियाले आफ्नो हतियार कार्यक्रमका लागि पुंजी संकलन गर्नका लागि साइबर हमला गरिरहेको संयुक्त राष्ट्रको एक रिपोर्टमा भनिएको छ । संयुक्त राष्ट्रको एक लिक भएको रिपोर्ट अनुसार उत्तर कोरियाले वित्तिय संस्थाहरु र क्रिप्टो करेन्सी एक्सचेन्जलाई निशाना बनाएर करिब दुई अर्ब डलर (दुई खर्ब रुपैयाँ) चोरेको छ ।

स्रोतले बीबीसीसँग कुरा गर्दै संयुक्त राष्ट्र विशेषज्ञको एउटा समूह उत्तर कोरियाको कम्तिमा ३५ यस्ता साइबर हमलाको अनुसन्धान गरिरहेको बारे पुष्टि गरेको छ ।

उत्तर कोरियाले मंगलबार दुई मिसाइलको परीक्षण गर्‍यो । यो पछिल्लो दुई हप्तामा चौथो परीक्षण हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!