अफगानिस्तानमा भूकम्प गयो, पाकिस्तानमा पनि झट्का महसुस

Posted on: 08 Aug, 2019

साउन २३, एजेन्सी | अफगानिस्तानमा भूकम्पको झट्का महसुस गरिएको छ । अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा गएको भूकम्पको केन्द्र काबुलबाट  २४३ किलोमिटर रहेको संयुक्त राज्य भूगर्भीय सर्वेक्षणले जनाएको छ ।

बिहिबार विहान ६.१५ मा भूकम्पको झट्का महसुस गरिएको थियो । भूकम्प ६.२ रेक्टर स्केलको रहेको थियो । हिन्दुकुश पाकिस्तान नजिकैको क्षेत्र भएकोले त्यहाँ पनि भूकम्पको झट्का महसुस गरिएको थियो ।

यो क्षेत्रमा लामो पर्वत श्रृंखला भएकोले त्यहाँ समय समयमा भूकम्पको झट्का महसुस भइरहने भए पनि आजको यो भूकम्पको झट्का केहि बढी भएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!