प्रतिघण्टा ९४ किमिमा कुदेको कार पुग्यो पसलको छतमा !

Posted on: 13 Aug, 2019

साउन २८, एजेन्सी  | सोमबार भारतको हैदरावादमा एकै परिवारका ७ जना सवार कार तीव्र गतिमा गुडाउँदा एक किराना पसलको छतमाथि ठोक्किन पुगेको छ। ४५ वर्षे भूषण कुमारले आफ्नो परिवारसँग यात्रा गर्दै गर्दा साइकल चालकलाई बचाउने क्रममा कार छतमाथि ठोक्किन पुगेको हो।

गुण्डलापल्ली गाउँमा, भूषणले साइकल यात्रुलाई बचाउन कारलाई बायाँतिर लगेका थिए। त्यही बेला कार खम्बामा ठोक्किएर किराना पसलको जस्तामाथि पुगेको एजेन्सीले जनाएको छ। प्रहरीका अनुसार कारलाई क्रेनको सहायताले निकालिएको छ।

कारमा सवार परिवारका सातै जना सदस्यलाई चोट लागेको बताइएको छ। भुषण र उनकी श्रीमतीले सिट बेल्ट लगाएको कारण बाँचेको प्रहरीले जनाएको छ। उनीहरू त्यसदिन समारोहबाट ९४ किलोमिटर प्रतिघण्टाको गतिमा घर फर्कंदै थिए।

ट्राफिक प्रहरीले केहीदिन अघिमात्रै उनलाई तीव्र गतिमा चलाएको भन्दै कारबाही गरेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!