ताइवानले अमेरिकासँग ८ अर्ब डलरका लडाकु जहाज किन्ने

Posted on: 21 Aug, 2019

भदौ  ४, एजेन्सी | अमेरिकाले ताइवानलाई ८ अर्ब डलर बराबरको एफ १६ लडाकु जहाज बेच्ने भएको छ। अमेरिका र ताइवानबीच भएको सम्झौतामा ६६ जहाज,  ७५ इन्जिन, र अन्य सिस्टमहरू समावेश हुने समाचार संस्था रोयटर्सले जनाएको छ।

चीनले आ-आफ्नो भूभाग दाबी गर्दै आएको ताइवानको सुरक्षामा पनि अमेरिकाले मद्दत गर्ने उक्त सम्झौतामा उल्लेख छ। चीनले यसअघि नै यो सम्झौताको निन्दा गरिसकेको छ। यो खरिद सम्झौता ताइवान र अमेरिकाबीचको अहिलेसम्मकै ठूलो व्यापार हो।  

ताइवानका राष्ट्रपति साइ इङ-वेनले लडाकु जहाजले ताइवानको हवाइ सुरक्षा सुदृढ हुने बताएकी छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!