पाँचतारे होटलमा कामको लोभ देखाएर ६ सय महिलाको नग्न तस्बिर मगाए

Posted on: 26 Aug, 2019

भदौ ९, एजेन्सी | भारतको साइबराबादमा एक सफ्टवेयर इन्जिनियरलाई पक्राउ गरिएको छ । उनीमाथि महिलालाई पाँचतारे होटलमा जागिर मिलाइदिने भन्दै उनीहरुको नग्न तस्बिर माग्ने गरेको आरोप लागेको छ ।

प्रदिप चेन्नईको एक चर्चित आइटी कम्पनीमा काम गर्दथे । २२ अगस्टमा उनलाई पक्राउ गरियो । हैदराबादकी एक महिलाले उनीमाथि मुद्दा दर्ता गरेकी थिइन् । जब पुलिसले अनुसन्धान गर्‍यो तब यो डरलाग्दो घटना सार्वजनिक भएको हो । प्रदिपको फोनमा ६० अन्य महिलाको नग्न तस्बिर थियो ।

ऊजुरी गर्ने महिलाले प्रदिपले उनलाई जागिरको प्रस्ताव दिएको र यसको बदलामा आफ्नो नग्न तस्बिर मागेको आरोप लगाइन् । साइबराबादको मियांपुर सर्किलका पुलिस इन्स्पेक्टरले भने –

‘सुरुमा प्रदिपले महिलाको साधारण तस्बिर मागे । त्यसपछि उनले नग्न तस्बिर मागे । होटलका मानिसहरुले उनको शरीर कस्तो छ भनेर हेर्न चाहेको उनले बताउने गर्दथे । महिलाले पनि ती व्यक्तिको कुरामा विश्वास गरेर आफ्नो नग्न तस्बिर पठाइन् । तस्बिर पाएपछि प्रदिपले महिलासँगको सम्पर्क काटिन् । कुरा गर्न बन्द गरे ।’

अनुसन्धानको क्रममा प्रदिपले विभिन्न महिलामाथि यस्तो गरेको पत्ता लागेको पुलिसले बताएको छ । पुलिसले प्रदिपविरुद्ध मुद्दा दर्ता गरेको छ । उनले यस्तो अरु कति महिलामाथि गरेका छन् भनेर पुलिसले पत्ता लगाउन खोजिरहेको छ ।

पुलिसले प्रदिपविरुद्ध मुद्दा दर्ता गरेता पनि उनीमाथिको कारवाही निकै ढिलो भएको छ । हैदराबादबाट मात्रै पनि ६० घटना सार्वजनिक भएपछि हैदराबाद पुलिसले यो घटनालाई निकै महत्व दिएको छ । भारतीय मिडियाका अनुसार वास्तवमा यी आरोपीले देशभरी ६ सय महिलामाथि यस्तो गरेको तथ्य फेला परेको छ ।

 यी व्यक्तिको वास्तविका नाम प्रदिप नभई क्लेमेन्ट राज हो । उनी आइटी कम्पनीमा काम गर्दथे । तर महिलालाई जागिर दिलाउने काम गर्ने बताएका थिए । देशका १६ राज्यका महिलालाई उनले आफ्नो जालमा फसाएका छन् जसमध्ये केही महिला कर्नाटक, आन्ध्र प्रदेश र महाराष्ट्रको थियो ।

उनले तमिलनाडुमा बस्ने महिलामाथि पनि यस्तै व्यवहार गरे । तर त्यहाँ त्यहाँका धेरै महिला शिकार हुनबाट बचे । आरोपीलाई त्यहाँ उनी पक्राउ पर्लान् कि भनेर शंका थियो । क्लेमेन्ट राज विवाहित थिए । उनी र उनकी श्रीमती दुबै जागिरे थिए । छुट्टा छुट्टै शिफ्टमा काम गर्दथे । उनी घरमा एक्लै बस्थे । बोर हुन्थे । निरश जीवनलाई उत्साहित बनाउन चाहन्थे तर तरिका निकाले डरलाग्दो । उनले इन्टरनेटमा जब पोर्टल खोज्न सुरु गरे । त्यसबाट उनले महिलाको नम्बर निकाले । यी सबै महिला रिसेप्सनिष्टको जागिर खोजिरहेका थिए ।

उनले महिलालाई फोन गर्न सुरु गरे । उनले आफ्नो नाम प्रदिप बताउँथे र पाँच तारे होटलका डायरेक्टर । उनीहरुलाई अन्तरवार्तामा बोलाउने कुरा पनि गर्दथे । यसका लागि एचआरको फोन आउने पनि बताउथेँ ।

त्यसपछि क्लेमेन्ट ती महिलासँग ह्वाट्सएपमा कुरा गर्दथे । उनीहरुलाई भिन्न–भिन्न एंगलमा आफ्नो नग्न तस्बिर पठाउन पनि भन्थे । क्लेमेन्ट महिलासँग भिडियो कल पनि गर्दथे । उनीहरुलाई कपडा उतार्न पनि भन्थे । यी सबै उनले आफ्नो फोनमा रेकर्ड गर्दथे ।

मियांपुर थानाका असिस्टेन्ट पुलिस कमिश्नर एस रवी भन्छन्ः‘हामीसँग उनको ल्यापटप छ । त्यसमा एउटा फोटो ग्यालरी पनि छ । त्यो खोल्नका लागि पासवर्ड चाहिन्छ । यसमा थुप्रै महिलाको तस्बिर छ । यो पनि हुनसक्छ कि उनी यी तस्बिर प्रयोग गरेर ब्ल्याकमेलसमेत गर्दथे । हामीले जतिपनि प्रमाण भेटेका छौं, त्यो हामीले फोरेन्सिक ल्याबमा पठाएका छौं । क्लेमेन्टले महिलालाई ब्ल्याकमेल गरेर लाखौं कमाएका छन् । यसबारे हामी निकै गहिराइसँग अनुसन्धान गरिरहेका छौं ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!