विश्वभरी जलवायु परिवर्तनका कारण २१ वटा नयाँ रोग देखिए

Posted on: 29 Aug, 2019

भदौ १२,काठमाडौं | जलवायु परिर्वतनका कारण विश्वभर पछिल्ला १९ बर्षमा विभिन्न २१ वटा नयाँ रोगहरु देखा परेका छन् | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिबार राजधानीमा गरेको स्वास्थ्य प्रणालीमा सुधार विषय अन्तरक्रियामा स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले जलवायु परिर्वतनका कारण नयाँ-नयाँ रोगहरुको प्रकोप बढ्दै गएको बताए ।

उनले सन् २००० यता २१ वटा नयाँ रोगहरु देखा परेको बताए । सिमिति मुलुकमा देखिदै आएको डेंगु ८/१० बर्ष भित्र विश्वका २५/३० वटा मुलुकमा पुगेको उनले बताए । जलवायु परिर्वतनका कारण मानवीय स्वास्थ्यमा गम्भीर समस्या देखिने क्रम बढेको भन्दै उनले प्रभाव न्यूनीकरण गर्ने उपायबारे सबै क्षेत्र र वर्गबाट पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले सन् २००४ मा नेपालको चितवनमा देखिएको डेंगुको समस्या अहिले ६ वटा प्रदेशका ४२ जिल्लामा पुगेको तथा कालाजार र औलोको समस्या पनि पुन देखा परेको भन्दै समयमै ध्यान पुर्याउनुपर्ने आवश्यकता औंल्याए ।

मन्त्रालयले जलवायु परिर्वतनबाट उत्पन्न स्वास्थ्य समस्या, सम्बोधन र भविश्यमा अपनाउनुपर्ने रणनीति लगायत विषयमा सरोकारवाला पक्षसँग छलफल गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!