ट्रम्पकी महिला सहायकलाई किन ह्वाइट हाउसले अचानक हटायो ?

Posted on: 31 Aug, 2019

भदौ १४, एजेन्सी | अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी महिला सहायकलाई ह्वाइट हाउसबाट निकालिएको छ । उनले ट्रम्प परिवारबारे केही नीजि जानकारी चुहाएको भन्दै यस्तो कदम उठाइएको जानकारीमा उल्लेख छ ।

२९ वर्षकी मेडेलिन वेस्टरहाउसलाई यसै महिना डिनरमा पत्रकारसँग कुरा गरिरहेको देखिएको थियो त्यसपछि उनलाई बिहिबार अचानक हटाइएको छ । सिबिएस न्यूजको रिपोर्ट अनुसार उनी रक्सीको मातमा ट्रम्पसँगको आफ्नो पहुँच बारे निकै घमण्डका साथ बोलिरहेकी थिइन् ।


मेडेलीन ट्रम्प राष्ट्रपति बनेको पहिलो दिनदेखि नै उनीसँग काम गरिरहेकी थिइन् । ह्वाइट हाउसले यसबारे कुनै टिप्पणी गर्न अस्विकार गरेका छ । न्यूयोर्क टाइम्सले एक स्रोतलाई हवाला दिँदै मेडेलिनलाई अब ‘हटाइसकिएको कर्मचारी’ को रुपमा हेरिनेछ र उनलाई कार्यालय आउनबाट पनि रोकिएको जानकारी दिएको छ ।

अमेरिकी मिडियाका अनुसार उनको अफिस राष्ट्रपतिको अफिसको ठिक अघिल्तिर वेस्ट विंगमा थियो । उनले अगस्ट महिनामा न्यूजर्सीको बर्कले हाइट्स होटलमा ट्रम्पको छुट्टीका बेला डिनर गरिरहँदा पत्रकारसँग अनौपचारिक टिप्पणी गरेकी थिइन् ।


स्रोतले सिबिएसलाई दिएको जानकारी अनुसार उनले रक्सी पिइरहेकी थिइन् र राष्ट्रपतिको परिवारबारे नीजि जानकारी उजागर गरेकी थिइन् । उनले कथित रुपमा ती प्रशारणकर्ताबारे कुराकानी गरेका थिए जो राष्ट्रपतिसम्म पहुँच चाहन्थे ।

ट्रम्पले यो कुराकानीको जानकारी कहाँबाट पाए त्यसबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन । ह्वाइट हाउसका थुप्रै अधिकारी ट्रम्पप्रति मेडेलिनको इमान्दारिताको विषयमा पहिले नै शंका गरिरहेका थिए । एक पूर्व अधिकारीले सिबिएसले भने, ‘उनी पहिलो दिनदेखि नै जासुस गरिरहेकी थिइन् । उनी राष्ट्रपतिका आलोचकलाई काम गराउनका लागि उनीसँग आफ्नो निकटताको प्रयोग गर्दथिन् ।’

‘ह्वाइट हाउस’ मा छापिएका दुई किताब अनुसार ट्रम्प जितेपछि मेडेदिन दुःखी थिइन् र उनलाई रुँदै गरिएको देखिएको थियो । तर यति हुँदाहुँदै उनलाई कथित रुपमा १ लाख ४५ हजार डलर तलब भएको सहायकको जागिर पाएकी थिइन् ।


मेडेलिनलाई धेरैजसो न्यूयोर्क स्थित ट्रम्प टावरको लबीमा पाहुनालाई ल्याउँदै लाँदै गरेको देखिन्थ्यो । न्यूयोर्क टाइम्सका अनुसार उनको एक निजी इन्स्टाग्राम पेजमा उनी आफ्नो जीवन र राष्ट्रपतिसँग आफ्ना यात्राबारे पोष्ट गरिरहन्छिन् ।

जब बरिष्ठ पत्रकार बब वुडवर्डले एक अन्तरवार्ताको क्रममा ट्रम्पसँग उनको समयका लागि केलिनने कनवेजस्ता प्रमुख सहयोगीले नसुनेको भनेर आफ्नो असन्तुष्टि व्यक्त गरे तब उनले यसका लागि मेडेलिनसँग सम्पर्क गर्नुपर्दथ्यो भनेका थिए ।

उनले भनेका थिए, ‘मेडेलिन नै यस्ता कुराहरुको चाबी हुन् ।’ सिबिएसका अनुसार ट्रम्पले धेरैजसो उनलाई ‘माय ब्यूटी (मेरी सुन्दरी)’ भनेर बोलाउँथे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!