क्यालिफोर्नियामा डुङ्गा दुर्घटना, २५ जनाको मृत्यु

Posted on: 03 Sep, 2019

भदौ १७, एजेन्सी | दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।


 क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो । बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे सो दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताएका छन् । 

सो डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताएका छन्  । सो दुर्घटनाबाट पाँच जनालाई भने जीवितै उद्धार गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!