भारतीय चन्द्रयान -२ को हार्ड ल्याण्डिङ, नासाले जारी गर्‍यो नयाँ तस्बिर

Posted on: 27 Sep, 2019

असोज १०, एजेन्सी | अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले इसरोको चन्द्रयान – टु ल्याण्डिङ साइटका केही नयाँ र ‘हार्ड रिजोलुसन’ तस्बिर सार्वजनिक खिचेको छ | सेप्टेम्बर २६ मा यी तस्बिरहरु सार्वजनिक गर्दै भनेको छ | ‘हामीले भारतको चन्द्रयान–टु को विक्रम ल्याण्डरको ल्याण्डिङ साइटका यी तस्बिर खिचेका छौं । तस्बिर अँध्यारोमा खिचिएको हो त्यसकारण ल्याण्डरको स्थितीबारे पत्ता लाग्न सकेको छैन । अक्टोबर महिनामा धेरै प्रकाश हुँदा थप तस्बिर लिइनेछ ।’

नासाले आफ्नो वेबसाइटमा राखेको  जानकारी अनुसार चन्द्रयान–टु को विक्रम ल्याण्डरले सेप्टेम्बर ७ मा चन्द्रमाको सतहमा हार्ड ल्याण्डिङ गरेको थियो अर्थात् यो बेस्सरी ठोक्किएको थियो | यी तस्बिर ‘लूनर रिकन्सेन्स आर्बिरट क्यामरा’ बाट खिचिएको हो । यो क्यामरा १७ सेप्टेम्बरमा ल्याण्डिङ साइटको माथिल्लो भाग हुँदै गुज्रिएको थियो । तस्बिर केन्द्रभन्दा १५० किलोमिटर टाढाबाट लिइएको छ | नासाले अहिलेसम्म आफ्नो टिमले विक्रम ल्याण्डरको तस्बिर खिच्न वा उसको लोकेशनबारे पत्ता लगाउन सफल नभएको बताएको छ |


वेबसाइटमा बताइए अनुसार जब यी तस्बिर खिचियो तब अँध्यारो थियो र विक्रम ल्याण्डर ठूल्ठूला छायाँमा कतै लुकेको हुनसक्ने आशंका गरेको छ | नासाले जनाइए अनुसार स्पेसक्राफ्ट कुन लोकेशनमा ल्याण्ड भयो अहिलेसम्म निश्चित रुपमा भन्न सकिँदैन ।

भारतको चन्द्रयान–टु विक्रम ल्याण्डर सेप्टेम्बर सातमा चन्द्रमाको सतहमा ल्याण्ड गर्नु पर्थ्यो | चन्द्रमामा सफ्ट ल्याण्डिङ गर्ने भारतको यो पहिलो प्रयास थियो जुन सफल हुन सकेन । विक्रम ल्याण्डरले एक समथर धरातलमा ल्याण्डिङको कोसिस गरेको थियो तर यो आशा गरे अनुसार हुन सकेन र त्यसपछि इसरोसँग यसको सम्पर्क टुटेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!