भारतमा सीको स्वागतको लागि १८ प्रकारका तरकारी र फलफुलको गेट

Posted on: 11 Oct, 2019

असोज २४, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी जिनपिङ बीच आज तमिलनाडुको महाबलीपुरममा अनौपचारिक भेट हुँदैछ । दुवै नेताहरुको  स्वागतको लागि त्यहाँ पन्च रथको साथै एक निकै ठूलो गेट बनाईएको छ । जसको सजावटमा १८ प्रकारका तरकारी तथा फलफुलको प्रयोग गरिएको छ । जुन फल र तरकारी तमिलनाडुका विभिन्न क्षेत्रबाट मगाइएको हो ।

डिपार्टमेन्ट अफ हल्टिकल्चरका एडिशनल डाईरेक्टर तमिलवेधनले बताए अनुसार उक्त गेटमा प्रयोग गरिएको अधिकांश तरकारी अर्गानिक हुन् र सिधै बारीबाट उक्त गेट बनाउनको लागि ल्याईएको हो । शोर मन्दिरसंगै बनेको गेटमा परम्परागत केराको रुखले सजाईएको छ । सेतो र रातो रंगको गुलाफको फुलको प्रयोग डेकोरेशनमा प्रयोग भएका छन् । दुवै नेताहरुको बीच यो दोश्रो अनौपचारिक भेट हो । 


तमिलनाडुमा बंगालको खाडी किनारा स्थित महाबलीपुरम शहर चेन्नईबाट करीब ६० किमी टाढा छ । यसको स्थापना धार्मिक उद्देश्यले ७ औं सताब्दीमा पल्लव वंशको राजा नरसिंह वर्मनले गराएका थिए । नरसिंहले मामल्लको उपाधि धारण गरेका थिए, यसैले यसलाई मामल्लपुरमको नामबाट पनि चिन्ने गरिन्छ । एक रिपोर्टका अनुसार एस स्थानमा चीन, फ्रान्स र रोमको प्राचीन सिक्का धेरै शंख्यामा भेटिएको छ । प्राचीन बंदरगाह महाबलीपुरमको करीब २००० बर्ष पहिले चीनसंग बिशेष सम्बन्ध रहेको अनुमान छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!