बिबाह गर्न परिवारले नमानेपछि किशोरीलाई आगो लागाएर हत्या

Posted on: 12 Oct, 2019

असोज २५, एजेन्सी | भारतको केरलाको तिरुअनन्तपुरममा एक युवकले एक १७ बर्षिय किशोरीको आगो लगाएर हत्या गरेका छन् । प्रहरीका अनुसार मिधुन नाम गरेका २० बर्षीय युवकले १७ बर्षीय किशोरीसंग विबाह गर्न चाहन्थे । 

रिसको आवेगमा मिधुन आफै पनि आगोको चपेटामा परेर मृत्युको सिकार भएका छन्, आगोले जलेर घाइते भएका उनलाई अस्पताल लाने क्रममा मृत्यु भएको हो । मिधुनले किशोरीलाई बिबाहको लागि दवाब गर्ने गरेको थियो, तर किशोरीका परिवारले किशोरीको बिबाह गर्ने उमेर नभएको अस्वीकार गरेका थिए । 

मिधुनले हार मानेनन् र किशोरीको परिवारमाथि दबाव बनाईराखे, जसको कारण किशोरीको परिवारवाले प्रहरीलाई खबर गर्न बाध्य बने । जब प्रहरी आयो तब मिधुनले प्रहरीसँग किशोरीको पछी लाग्न छाडिदिने आश्वासन दिएका थिए ।


घटना त्यतिमै सिमित भएन, किशोरीको घरमा मिधुन पुन: आए तर किशोरीको बुबाले उनलाई रोके । जब किशोरी घरबाट बाहिर आइन् तब मिधुनले किशोरीमाथि केहि ज्वलनशील पदार्थले प्रहार गरेर किशोरीलाई आगो लगाइदिए । किशोरीलाई बचाउने प्रयास गर्ने क्रममा किशोरीका बुबा समेत जले । किशोरीसंगै जलेका मिधुनलाई किशोरीसंगै एर्नाकुलम मेडिकल कलेज लगियो तार उनीहरुलाई डाक्टरले मृत घोषित गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!