फोक्सोको समस्याका कारण अमेरिकामा १३ सय जना अस्पतालमा भर्ना

Posted on: 12 Oct, 2019

असोज २५, काठमाडौँ (रासस/सिन्ह्वा) | अमेरिकामा विद्युतीय चुरोट तथा अन्य धुमपानका कारण १३ सय जना विरामी भएर अस्पताल भर्ना भएका छन् । 

विरामी भएका मध्ये आधा विरामीलाई अति सघन कक्ष (आइसियु) मा राखेर उपचार गराइएको अधिकारीहरुले जनाएका छन् ।

यही समस्या कारण पछिल्लो सयममा मात्रै २६ जनाको मृत्यु भइसकेको अमेरिकाको केन्द्रीय प्रकोप नियन्त्रण तथा उद्धार केन्द्रले जनाएको छ । 

केन्द्रका उप निर्देशक अन्ने स्चुचान्तले शुक्रबार दिएको जानकारी अनुसार विरामी मध्ये ५ सय ७३ जनालाई विद्युतीय चुरोटका कारण लाग्ने रोग लागेको छ । 

अमेरिकी खाद्य तथा औषधी प्रशासन (एपडीए) ले गरेको सर्वेक्षणमा दैनिक विद्युतीय चुरोटका प्रयोगकर्ताहरुको संख्या ठूलो रहेको देखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!