सुडानमा देशव्यापी युद्धबिरामको घोषणा

Posted on: 16 Oct, 2019

असोज २९, काठमाडौँ | सुडानमा बुधबारदेखि देशव्यापी युद्धबिरामको घोषणा गरिएको छ । 

सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले संविधानअनुसार बुधबार देशको सवै ठाउँमा लागू हुनेगरी युद्धबिराम घोषणा गर्नुभएको हो । 

“सुडानमा शान्ति स्थापनाका लागि सहयोग पुग्नेगरी वातावरण बन्ने विश्वासका साथ संविधानअनुसार युद्धबिरामको घोषणा गरिएको हो,” परिषद्का अध्यक्षद्वारा जारी घोषणामा उल्लेख गरिएको छ ।  

उहाँको घोषणा जारी भएसँगै लागू भएको मानिने व्यवस्था रहेककाले बुधबारदेखि नै लागू भएको छ । दक्षिणी सुडानको राजधानी जाबामा वार्ताको प्रयास भइरहेका बेला युद्धबिरामको घोषणा भएको हो । 

सुडानको सरकारी पक्ष र विद्रोही तथा शसस्त्र समूहहरूका बीचमा वार्ताको प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् । सुडानमा लामो समयदेखि विभिन्न समूहहरूसँग सरकारको द्वन्द्व चलिरहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!