महिला कर्मचारीलाई कार्यालयभित्रै जिउँदै जलाएर हत्या

Posted on: 05 Nov, 2019

कार्तिक १९, एजेन्सी | भारतको तेलंगनाको अबदुल्लाहपुरपेटमा एक महिला कर्मचारीको कार्यालयभित्रै जिउँदै जलाएर हत्या गरिएको छ | सोमबार दिउँसो भएको उक्त घटनामा घटना स्थलमै महिला कर्मचारीको  मृत्यु भयो |

उनलाई बचाउने क्रममा उनका कार चालक पनि घाइते भएका छन् | त्यस्तै एकजाना अर्का ब्यक्ति घाइते भएका थिए उनलाई प्रहरीले हमलाकर्ता भएको आशंका गरेको छ | इब्राहिमपटनमका विभागीय राजस्व अधिकारी अमरेन्दर कुमारले भने, ‘घटनाका बेला महिला अधिकारी विजया रेड्डी आफ्नो च्याम्बरमा एक्ली थिइन् । हमलाकर्ताले त्यति नै बेला उनीमाथि पेट्रोल छर्केर आगो लगाइदिए । आगोले नराम्रोसँग जलेका कारण विजयाको मृत्यु भयो जबकी उनी जलिरहेको देखेर बचाउन पुगेका उनका कार चालक पनि घाइते भएका छन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

पुलिसले महिला अधिकारीलाई किन आगो लगाइयो भनेर अहिले स्पष्ट जानकारी नभएको बताएको छ । पुलिस अधिकारीका अनुसार आगो लागेका अर्का व्यक्तिलाई संदिग्ध मानिएको छ र उनलाई अस्पताल भर्ना गरिएको छ । पुलिसले भन्यो, ‘उनको स्थिती सुध्रिएपछि घटनाका आरोपी को हो भनेर स्पष्ट हुनेछ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!