चीनमा ६८ सेकेन्डमै खरिद भयो १ अर्ब डलरको सामान !

Posted on: 11 Nov, 2019

कार्तिक २५, एजेन्सी | सोमबार चिनमा १ अर्ब अमेरिकी डलरको सामान खरिद भएको छ | विश्वकै सर्वाधिक ठूलो २४–घण्टे अलिबाबा कम्पनीको सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेका थिए |

बर्षमा एक दिन  (सिङ्गल्स डे) नामको एक विशेष छुट कार्यक्रम आयोजना गर्न थालिए पछि यो दिन चिनिया नागरिकहरुले सस्तो सामान किन्न पाउछन | ई–कमर्श कम्पनी अलिबाबाका अनुसार ६८ सेकेन्डभित्रै १ अर्ब अमेरिकी डलर बराबरको सामान बिक्री गरेको जनाएको छ। 

अलिबाबाको स्टोरबाट इलेक्ट्रोनिक्सदेखि लत्ताकपडा र घरायासी सामान बिक्री भएको जनाइएको छ | अलिबाबाले गत वर्षको तुलनामा यसवर्ष ४३ मिनेट अघि नै अलि–पे मार्फत सम्पूर्ण भुक्तानी प्रक्रिया टुङ्ग्याएको जनाएको छ। अलि–पेका अनुसार ६३ मिनेट ५९ सेकेन्डमै १४ अर्ब ३० करोड अमेरिकी डलरको कारोबार गरेर नयाँ रेकर्ड समेत बनेको छ। 

अलिबाबाले चीनमा यस किसिमको खरिद दिनको आयोजना गर्न थालेको ११औं वर्ष पुगेको छ। 

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चिनियाँ उपभोक्ताको मनस्थिति बुझ्न पनि यस कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिन्छ। चीनको अर्थतन्त्र अहिले मन्दीतर्फ अग्रसर रहेको र अमेरिकासँगको व्यापार युद्ध चलिरहे पनि खुद्रा बिक्रीको अवस्था राम्रो देखिएको छ। एक दिने खरिद अर्थात् ‘११.११’ (नोभेम्बर ११) भनिने यस दिनलाई चिनियाँ ‘अविवाहित’ (सिङ्गल्स) को दिन पनि भनिन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!