अवकाश प्राप्त मेजर जनरलले अदालतभित्रै गोली चलाएर गरे वकिलसहित दुईको हत्या

Posted on: 13 Nov, 2019

कार्तिक २७, एजेन्सी |  थाइल्याण्डको अदालत परिसर भित्र मंगलबार पुलिसका एक अवकाशप्राप्त मेजर जनरलले भनाभनपछि गोली चलाएका छन् | उनले चलाएको गोलीबाट चर्चित वकिल र  एक जना उनका सहयोगीको मृत्यु भएको छ |

घटनामा अन्य दुई घाइते भएका छन् | मेजर १० वर्ष पुरानो जमिन विवादको निर्णयका लागि अदालत पुगेका थिए | दालतको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले गोली चलाउने मेजर जनरलको हत्या गरेका छन् | उनकोको १५ सय एकड जमिनको विवाद चलिरहेको थियो |

संचार माध्यमका अनुसार न्यायाधीस आउनु अघि नै बिहान करिब ९ बजे मेजर जनरल थानिन चंत्रातिप (६७ वर्ष) र उनका विरोधी पक्षका मानिसहरु अदालतमा उपस्थित थिए | दुई पक्ष १५ सय एकडको १० वर्ष पुरानो विवादित जमिनको फैसलाको प्रतिक्षा गरिरहेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!