पाकिस्तानले आतंकवादलाई उद्योग बनाएको भारतीय विदेशमन्त्रीको टिप्पणी

Posted on: 15 Nov, 2019

कार्तिक २९, एजेन्सी | छिमेकि देश भारतका  विदेशमन्त्री एस जयशंकरले  पाकिस्तानले आतंकवादलाई उद्योग बनाएको तर्क गरेका छन् | भारत माथि दबाव बनाउन आफ्नो जमिनमा तंकवादीहरुलाई समर्थन दिएको आरोप लगाएका छन् |

अब यसको जवाफ पाकिस्तानले दिनुपर्ने उनको दाबि छ | उनले सन् १९७२ मा सिमलामा भएको सम्झौताबाट पाकिस्तानमा विद्रोह र जम्मू–कश्मीरमा समस्या बढेको बताए | उनले भने, ‘हामी पाकिस्तानसँग सबै विवादबारे त्यो स्थितिमा मात्र कुरा गर्नेछौँ, जब उसले सीमा पार भइरहेको आतंकवादमाथि लगाम लगाउनेछ ।

 विश्वमञ्चमा एक समय भारतको स्थिति निकै राम्रो थियो, तर चीनसँग सन् १९६२ मा भएको युद्धबाट उसलाई ठूलो नोक्सानी भयो । त्यसपछि सन् १९६५ मा पाकिस्तानसँग पनि युद्ध भयो । यो भारतका लागि खराब समय थियो ।’ उनले भने |

यस बिषयमा तपाइको प्रतिक्रिया...!