विमानभित्रै पोर्न फिल्म सुटिङ गरिन यी नायिकाले

Posted on: 17 Nov, 2019

एजेन्सी | ब्रिटेनको मिडल्याण्ड एयर म्युजियममा केही नायिकाहरुले कर्मचारीलाई धोका दिएर संग्रहालयमा राखिएको एक विमानभित्र पोर्न फिल्मको सुटिङ गरेका छन् | उनीहरुले विमानलाई एक दिनका लागि सय पाउन्ड अर्थात् १४ हजार रुपैयाँ पैसा तिरेर भाडामा लिएका थिए |


मिडल्याण्ड एयर म्युजियममा सर्वसाधारण र बालबालिकाको उपस्थितीका बीच एडल्ट फिल्मको सुटिङमाथि विभिन्न प्रश्न उठेका छन् | द सनको रिपोर्टका अनुसार जुन विमानमा सुटिङ गरियो त्यो कुनै बेला एयर फ्रान्सको विमान थियो |

 

संग्रहालयका कर्मचारीले आफूहरुलाई धोका दिएर वयस्क फिल्मको सुटिङ गरिएको बताएका छन् | सुटिङका लागि उनीहरुले पाइलट र एयरहोस्टेसको पहिरन पनि लगाएका थिए । संग्रहालयका कर्मचारीका अनुसार उनीहरु Vickers Viscount विमानमा स्विमवेयर शुट गर्ने तयारीमा थिए |


संग्रहालयका म्यानेजर डिआने जेम्सले धेरै मानिसहरु युनिफर्ममा आउने र विमानभित्र अभिनय गर्ने गर्छन् त्यसकारण पाइलट र एयरहोस्टेसको भेषमा मानिसहरु आउँदा शंका नलागेको बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!