पाकिस्तानले गर्यो क्षेप्यास्त्रको सफल परीक्षण

Posted on: 19 Nov, 2019

एजेन्सी | पाकिस्तानले क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ | यो क्षेप्यास्त्रले ६५० किलोमिटर टाढासम्म लक्ष्यमाथि प्रहार गर्न सक्नेछ | जसबाट भारतका कयौँ सहरमाथि पाकिस्तानले आक्रमण गर्न सक्ने भारतीय संचार माध्यमहरुले जनाएका छन् |

पाकिस्तानी सेनाको मिडिया विङ्ग इन्टर–सर्विसेस पब्लिक रिलेशन्स (आईएसपीआर) ले नियमित अभ्यास प्रक्रिया अन्तर्गत सोमबार शाहीन–१ क्षेप्यास्त्रको परीक्षण गरिएको जानकारी दिएको छ | जसको लक्ष्य  क्षेप्यास्त्रको उपलब्धता जाँच्न रहेको जनाइएको छ |

आईएसपीआरले ट्वीट गर्दै क्षेप्यास्त्र परीक्षणको भिडियो सार्वजनिक गरेको थियो | यता, भारतीय वायु सेनाले पनि अक्टोबरमा सतहदेखि सतहसम्म मार हान्ने सक्ने ब्रम्होस सुपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो |यसले ३ सय किलोमिटर टाढासम्म लक्ष्यलाई सफलतापूर्वक निशाना बनाएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!