बेइजिङमा राष्ट्रपति सि र आइएमएफका प्रवन्ध निर्देशकबीच भेट

Posted on: 22 Nov, 2019

मंसिर ६,एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङ र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियभाबीच शुक्रबार चिनियाँ राजधानी बेइजिङमा भेटवार्ता भएको छ ।  हाल चीन भ्रमणमा रहेका प्रबन्ध निर्देशक जर्जियभा र राष्ट्रपति चिनफिङबीच शुक्रबार बिहान बेइजिङमा भेट भएको बताइएको छ । 

त्यस अवसरमा राष्ट्रपति सिले प्रबन्ध निर्देशक जर्जियभाले चीनको पहिलो पटक भ्रमण गर्नुभएको भन्दै स्वागत गरेका हुन् । त्यस अवसरमा चिनियाँ राष्ट्रपति सिले हाल संसारमा आर्थिक वृद्धिमा कमी आइरहेको बताउँदै यसका कारक तत्वका रुपमा रहेका विभिन्न अवस्था र कारणहरुको विश्वले एक भएर सामना गर्नुपर्ने बताए । 

विश्वमा हाल वहुराष्ट्रिय विकास र स्वतन्त्र व्यापारका क्षेत्रमा चुनौतीहरु थपिएका छन् भन्दै यसबाट संसारका देशहरुले बुझ्नुपर्ने धारणा राख्नुभएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।  त्यसैले विश्वका देशहरुले यस्तो अवस्थामा अन्तर्राष्ट्रिय मुद्रा कोषको महत्वपूर्ण भूमिकाको अपेक्षा गरिरहेको धारणा राष्ट्रपति चिनफिङले व्यक्त गर्नुभएको पनि सो समाचारमा जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!