कार्यकर्ताले नेतालाई लात्ता हानेर झाडीमा फालेपछि..

Posted on: 25 Nov, 2019

मंसिर ९, एजेन्सी | छिमेकि मुलुक भारतमा कार्यकर्ताले नेतालाई लात्ता हानेर झाडीमा फालेका छन् | पश्चिम बंगाल राज्यका भारतीय जनता पार्टी (भाजपा)का उपाध्यक्षलाई कुटपिट गरिएको छ | करिमनगरमा विधानसभाको उपनिर्वाचनका लागि मतदान भइरहेको अवस्थामा चुनाव उठेका उपाध्यक्ष जोय प्रकाश मजुमदरलाई एक मतदान केन्द्रनजिकै कुटपिट गरिएको छ |

उनलाई क्षेत्रीय दल तृणमूल कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको बताइएको छ | मतदान भइरहेको ठाउँमा प्रवेश गर्न खोजेपछि टिएमसीका कार्यकर्ताले ‘फर्केर जाऊ’ भन्दै नारा लगाएका थिए | त्यसपछि केही कार्यकर्ताले मजुमदरलाई धकेलेर लात्ताले हानेको भिडिओ सार्वजनिक भएको छ। प्रहरीले भीडलाई नियन्त्रण गर्न लाठीचार्ज गरेको थियो। तृणमूलका नेताहरूले मजुमदरले शान्त वातावरण बिगारेको आरोप लगाएका छन् |

भाजपाका नेता मुकुल रायले निर्वाचन आयोगलाई पत्र लेखेर आक्रमणबारे जानकारी गराएका छन् | ‘मजुमदरलाई ५० टिएमसीका कार्यकर्ताले घरेर लात्ताले हाने’ उनीहरूलाई कारबाही हुनुपर्छ,’ उनको पत्रमा भनिएको छ | तृणमूल कंग्रेसका सासंद परमनाथ रोयको निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन गराइएको थियो | निर्वाचनको मत परिणाम मंगलबारसम्म आइसक्ने भारतीय सञ्चार माध्ययमले जनाएको छ |



यस बिषयमा तपाइको प्रतिक्रिया...!