माल्दिभ्सका पूर्वराष्ट्रपतिलाई ५० लाख अमेरिकी डलर जरिवाना सहित ५ बर्ष जेल सजाय

Posted on: 29 Nov, 2019

मंसिर १३, एजेन्सी | माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यामीनलाई ५० लाख अमेरिकी डलर बराबरको जरिवाना र  पाँच वर्षको जेल सजाय सुनाइएको सन्चार माध्यमहरुले जनाएका छन् | न्यायाधीश अलि रशिदको नेतृत्वमा रहेको पाँच जना न्यायाधीशको इजलासले सो फैसला गरेको हो |

१ लाख अमेरिकी डलर सरकारी रकम प्राप्त गरेको भन्दै दोषी ठहर गरिएको हो | तर यामीनले रकम लिएको उक्त कुरा अस्वीकार गरेका छन् । माल्दिभ्स प्रहरी सेवालाई दिएको बयानपछि अभियोजकको कार्यालयले भूतपूर्व राष्ट्रपतिलाई फौजदारी आरोप लगाएको  थियो |

यामीनका समर्थकहरू बिहीबार साँझ अदालतको घेरा हालेर मुद्दाको विरोध गर्दै भेला भएका र यामीनको रिहाइको लागि नारा लगाएका थिए  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!