भारतीय चन्द्रयान–टुको भग्नावशेष फेला

Posted on: 03 Dec, 2019

मंसिर १७, एजेन्सी | भारतको चन्द्रयान–टुको भग्नावशेष भेटेको नासाले बताएको छ | अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार विक्रम कुन ठाउँमा खस्यो र कसरी त्यसका भग्नावशेषहरु छरिएका छन् भनेर हेर्न सकिन्छ |

सेप्टेम्बर ७ तारिखमा चन्द्रमाको सतहमा उत्रने कोसिस गर्ने क्रममा निश्चित समयभन्दा केही बेरअघि मात्रै विक्रमसँग सम्पर्क टुटेको थियो | नासाले उपग्रहबाट लिइएको तस्बिर पोष्ट गरेको छ | 

नासाले उक्त क्षेत्रको सुरुमा र पछि लिइएको तस्बिर पनि पोष्ट गरेको छ जसमा विक्रम खसेको ठाउँ कसरी परिवर्तन भयो भनेर बुझ्न सकिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!