इन्डोनेसियामा शक्तिशाली भूकम्पको धक्का

Posted on: 04 Dec, 2019

मंसिर १८, एजेन्सी | इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बुधबार शक्तिशाली भूकम्प गएको छ | इन्डोनेसियाली भूगर्भ विभागका अनुसार यो भूकम्प ५.५ म्याग्नीच्यूडको रहेको थियो । विभागले उक्त भूकम्पको केन्द्रविन्दु मालुकुबाट १८८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १९१ किलोमिटर गहिराईमा रहेको जनाएको छ |

स्थानीय समयानुसार दिउँसो १ बजे गएको उक्त भूकम्पका कारण सुनामीको चेतावनी भने जारी गरिएको छैन । इन्डोनेसियामा बर्सेनि भूकम्पका धक्काहरु महसुस गर्न सकिन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!