भारतमा २७ वर्षीया युवतीलाई बलात्कारपछि जलाउने चार जनालाई प्रहरीले हान्यो गोलि

Posted on: 06 Dec, 2019

मंसिर २०, एजेन्सी | भारतमा बलात्कार पछि ज्युदै जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले गोली हानेर मारेको छ |  २७ वर्षीया एक भेटेनरी डाक्टर अस्पतालबाट घर फर्किरहेको अवस्थामा राति बलात्कार गरेर जलाइएको थियो |

यी युवतीलाई बलात्कार र हत्या गरेको आरोपमा कार जनालाई प्रहरीले हिरासतमा राखेको थियो | भारतीय संचार माध्यमका अनुसार प्रहरी अधिकारीको हतियार खोसेर भाग्न खोजेकाले प्रहरीले गोली हानेको हो |प्रहरीको गोली लागेर चारै जनाको घटनास्थलमै मृत्यु भएको छ | उक्त घटनामा दुई जना प्रहरी पनि घाइते भएका छन् |

भारतको हैदरावादको शादनगरकी २७ वर्षीया भेटनरी डाक्टर पोतुला प्रियंका रेड्डी अघिल्लो बुधबार अस्पतालबाट घर फर्किँदै थिइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!