अमेरिकालाई टर्कीले दियो यस्तो चेतावनी

Posted on: 16 Dec, 2019

मंसिर ३०, एजेन्सी | टर्कीले  अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्धमा असन्तुष्टि जनाएको छ | टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले भनेका छन् अमेरिकाले टर्कीमाथि थप प्रतिबन्ध लगायो भने हामी अमेरिकाको इनसर्लिक हवाई आधारलाइ बन्द गर्न सक्छौं  |

उनले भने इनसर्लिकको अतिरिक्त मलाक्या प्रान्तको अदानामा रहेको कुरेसिच रडार स्टेशनलाई पनि बन्द गर्ने विकल्प आफूहरुसँग छ | कुरेसिच बेसमा अमेरिकी सेनाको महत्वपूर्ण रडार छ  | रडारले अमेरिका र नेटो संगठनका देशहरुलाई मिसाइल प्रक्षेपणको जानकारी दिन्छ |

बुधबार अमेरिकी सिनेटले टर्कीमाथि प्रतिबन्ध लगाउने  प्रस्ताव पारित गरेको छ |  टर्कीले रुसबाट एस–४०० मिसाइल डिफेन्स प्रणाली किन्ने सम्झौता  गरेपछि अमेरिका रुष्ट भएको हो | ट्रम्प प्रशासनले यस अघि टर्कीसँग गरेको एफ–३५ युद्ध विमानको सम्झौता रद्द गरिसकेको छ | 

अमेरिकी संसदको माथिल्लो सदन सिनेटले हालै १०० वर्ष पहिले आर्मेनियाली माथि भएको नरसंहारबारे प्रस्ताव पारित गरेर त्यसको निन्दा गरेका थियो | आर्मेनियाली नरसंहार सन् १९१५ अप्रिल २४ मा शुरु भएको थियो । तत्कालिन अटोमन साम्राज्यले त्यहाँ करिब १५ लाख अल्पसंख्यकहरुको क्रुर हत्या गराएको थियो |

यसलाई जर्मनीको नाजिद्वारा गरिएको नरसंहारपछि ससारको दोस्रो ठूलो नरसंहार मान्ने गरिन्छ । अमेरिकी सिनेटले यसलाई नरसंहारको साटो आर्मेनियाली नागरिकहरुको सामूहिक हत्याकाण्ड बताएको थियो ।

टर्की प्रस्तावका कारण दुई देशको सम्बन्ध बिग्रिन सक्ने चेतावनी दिएको थियो | दुई महिना अघि जब टर्कीले सिरियामा कुर्द विद्रोहीविरुद्ध अपरेशनको घोषणा गरेको थियो तब ट्रम्पले टर्कीकोअर्थव्यवस्थालाई ध्वस्त बनाउने धम्की दिएका थिए | इस्लामिक आतंकवादी संगठन आईएसलाई हराउन अमेरिकालाई महत्वपूर्ण सहयोग प्रदान गरेको कुर्दविरुद्ध टर्कीको आक्रमणको सर्वत्र विरोध भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!