अष्ट्रेलियामा अत्याधिक गर्मी,तापक्रम बढेर नयाँ रेकर्ड कायम, जोखिमको खतरा

Posted on: 18 Dec, 2019

पुस २, एजेन्सी | अष्ट्रेलियामा गर्मीले नयाँ रेकर्ड कायम राखेको छ | मंगलबार ४०.९ डिग्रीको तापक्रम कायम रहेको थियो जुन अहिले सम्मकै उच्च हो | सन् २०१३ मा ४०.३ डिग्रीको रेकर्ड तोड्दै मंगलबार नयाँ रेकर्ड कायम भएको हो |

अष्ट्रेलियन मौसम विभागका अनुसार गर्मी बढेसँगै तातो हावाको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ | मौसमविद्हरुले तापक्रम अझै बढ्न सक्ने अनुमान गरेका छन् | यस हप्ताको सुरूमा पश्चिमी अष्ट्रेलियाको राजधानी पर्थमा लगातार तीन दिनसम्म ४० डिग्री तापक्रम मापन गरिएको थियो |

औसत भन्दा माथिको तापक्रम, उच्च बतास, खडेरी र सुख्खा मौसमले अष्ट्रेलियाका धेरै स्थान जोखिममा रहेको बताइएको छ | अष्ट्रेलियामा तापक्रम बढ्नुको कारण जंगलमा लागेको डढेलो पनि रहेको विभागले बताएको छ |

अष्ट्रेलियाका विभिन्न जंगलमा डढेलो लाग्नाले त्यहाँको मौसम बिग्रिएको हो भने ६ जनाले ज्यान समेत गुमाइसकेका छन् | सेप्टेम्बरमा डढेलो लाग्दा पूर्वी प्रान्तमा खतराको संकेत दिइएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!