अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित

Posted on: 19 Dec, 2019

पुष ३, काठमाडौँ | अधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ ।

तल्लो सदन हाउस अफ रेप्रेजेन्टेभिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ जसमा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो । यससँगै उनले कंग्रेसलाई अवरुद्ध तुल्याएको भन्ने महाभियोगको दोस्रो आरोप पनि लगाइएको थियो जसको पक्षमा २२९ भोट खसेको थियो भने विपक्षमा १९८ मत परेको थियो । 

अब यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!