महाभियोग लागेपछि पहिलो पटक ट्रम्पले गरे यस्तो टिप्पणी

Posted on: 19 Dec, 2019

पुस ३, एजेन्सी | महाभियोग लागेपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलोपटक टिप्पणी गरेका छन् | तल्लो सदनमा महाभियोग प्रस्ताव पारित भएको बेला ट्रम्प मिचिगनमा आयोजित एक र्‍यालीलाई सम्बोधन गरिरहेका थिए |

सम्बोधनका क्रममा उनी एकाएक रोकिए र मतगणनाको नतिजा हेर्दै भने, ‘ओ, मलाई लाग्छ मतदान भइसकेको छ । त्यसो भए हामीलाई प्रत्येक रिपब्लिकनले भोट दिए । वाह ।' ‘वाह, वाह । करिब २ सय । त्यसो भए हाम्रो १९८, २२९ भयो । हामीले एउटा रिपब्लिकन भोट गुमाएनौं र तीन डेमोक्रेट्सले हाम्रा लागि मतदान गरे ।’

‘रिपब्लिकन पार्टीले यसअघि कहिले पनि यस्तो अपमानित हुनुपरेको थिएन तर उनीहरु यत्तिको एकजुट कहिले पनि भएका थिएनन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!