भारतको नयाँ दिल्लीमा इन्टरनेट सेवा बन्द

Posted on: 19 Dec, 2019

पुस ३, एजेन्सी | भारतमा अहिले नागरिकता कानुनको विरोधमा देशव्यापीरुपमा प्रदर्शन भइरहेको छ | हाल भारतले दिल्लीमा इन्टरनेट समेत बन्द गरिसकेको छ | जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा भएको प्रहरी धरपकडपछि चर्किंदो प्रदर्शन रोक्न राजधानी नयाँदिल्लीकै केही भागमा इन्टरनेट बन्द गरिएको स्क्रोल डटइनले लेखेको छ | 

रिलायन्स, जियो र भोडाफोन लगायत इन्टरनेट सेवाप्रदायकहरूले दिल्लीका केही भागमा इन्टरनेट सेवा बन्द गरेको जनाएका छन् | प्रदर्शन रोक्नका लागि दिल्लीका १७ वटा मेट्रो स्टेसनको ढोका पनि बन्द गरिएको छ | भारत विश्वकै  इन्टरनेट बन्द गरिने मुलुकमा परेको छ | गत वर्ष १३४ चोटि इन्टरनेट बन्द गरिएको थियो। यस वर्ष अहिलेसम्म ९३ चोटि बन्द गरिएको छ |

गत साता नागरिकता कानुनविरुद्ध प्रदर्शन सुरू भएपछि उत्तरपूर्वी क्षेत्रका आसाम, मेघालय र त्रिपुरामा इन्टरनेट बन्द गरिएको थियो | पश्चिम बंगाल र उत्तरप्रदेशका केही भागमा पनि इन्टरनेट बन्द गरेर सूचना प्रवाहरोक्न खोजिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!