कसरी भयो अमेरिकामा यस्तो भयानक सडक दुर्घटना ? ६९ गाडी एकै थुप्रोमा !

Posted on: 23 Dec, 2019

पुस ७, एजेन्सी | अमेरिकामा एक भयानक दुर्घटना भएको छ | भर्जिनियामा आइबार बिहान भएको उक्त सडक दुर्घटनामा  ७० वटा गाडी एकै थुप्रो भएका छन्  | बाक्लो कुहिरो र हिउँ परेका कारण चिसो सडकका कारण भएको भर्जिनिया पुलिसले जानकारी दिएको छ |

दुर्घटनापछि सडकका दुबैतर्फको आवतजावत बन्द गरिएको अधिकारीले बताएका छन् | योर्क पोक्वोसन सेरिफको अफिस र भर्जिनिया स्टेट पुलिसमार्फत् प्राप्त फोटोमा दुर्घटनापछि गाडीहरु एक अर्कालाई ठक्कर दिएर एकै थुप्रो लागेको  देखिएको छ । स्टेटका पुलिसका अनुसार जम्मा ६९ गाडी एक आपसमा ठोक्किएका थिए |


केही स्थानमा गाडीहरु यति बेस्सरी ठोक्किएका थिए कि अग्नि नियन्त्रक र आपतकालीन सेवामार्फत् कारभित्रका मानिसहरुको उद्धार गर्नुपरेको थियो | दुर्घटनामा परेका ५१ जनाको उपचार भएको छ जसमध्ये दुईको स्थिती गम्भीर रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!