संसारमै नभएको मुलुक ‘वकान्डा’सँग अमेरिकाको व्यापारिक सम्बन्ध, यस्तो छ रहस्य

Posted on: 24 Dec, 2019

पुस ८, एजेन्सी | संसारमै भौगोलिक अस्तित्व नरहेको मुलुक ‘वकान्डा’सँग अमेरिकाले व्यापारिक सम्बन्धबारे नीतिगत निर्णय गरेको छ | अमेरिकाको कृषि विभागले वकान्डालाई एक मुक्त व्यापार भागिदार देशका रुपमा सूचीबद्ध गरेको हो |


तर वकान्डा नाम गरेको देश भौगोलिक रुपमा संसारमै छैन | फिल्म निर्माण कम्पनी डिज्नी मार्वल युनिभर्सको फिल्म ‘ब्ल्याक प्यान्थर’ मा वकान्डा नाम गरेको एउटा काल्पनिक देश बनाएको छ | मुलुकलाई धर्तीको सबैभन्दा आधुनिक प्रविधियुक्त देशका रुपमा देखाइएको छ | फिल्ममा उक्त मुलुकलाई पूर्वी अफ्रिकी क्षेत्रमा रहेको चित्रण गरिएको छ | जसबाट ‘वकान्डा’को नाम आएको हो |

फिल्ममा काल्पनिक देशका रुपमा देखाइएको वकान्डालाई अमेरिकाको कृषि विभागले कसरी व्यापारिक सम्बन्धसँग जोड्दै निर्णय ग-यो भन्नेबारे सर्वत्र चासो बढेको छ | कृषि विभागका प्रवक्ताले परीक्षणका क्रममा भुलवस यस्तो गल्ती भएको बताएका छन् । उनले विभागकै कर्मचारीहरुले परीक्षणकै क्रममा बनाएको सूची अचानक सार्वजनिक हुन पुगेको बताएका छ |

अमेरिकी कृषि विभागले आफ्नो अनलाइनमा अमेरिका र वकान्डाबीच व्यापार हुने वस्तुहरुको नामसमेत सार्वजनिक गरेको छ |  हाँस, गधा, गाई जस्ता वस्तुलाई दुई देशबीचको व्यापारिक वस्तुका रुपमा उल्लेख गरिएको छ |  ‘अमेरिकाले अब काल्पनिक मुलुकसँग व्यापार युद्ध सुरु गरेछ ।’

त्यसपछि अमेरिकी कृषि विभागले वकान्डाको नाम सूचीबाट हटाएको छ  |

संसारमै नभएका मुलुकको नाम लिने गरेको घटनाहरु पहिले पनि हुने गरेका थिए | सन् २०१७ मा पोल्याण्डका तत्कालिन विदेशमन्त्री विटोल्ड वाज्जकोभ्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा पोल्यान्डलाई सामेल गराउनका लागि विभिन्न मुलुकका प्रतिनिधिसँग आफूले छलफल गरेको बताएका थिए । यस क्रममा उनले बेलीज र सन एस्कोबारको समेत नाम लिएका थिए, जबकि ती मुलुक संसारमै छैनन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!