अमेरिकाले राख्यो पाकिस्तानलाई कालोसूचीमा, पाकिस्तानले दियो यस्तो चुनौती

Posted on: 25 Dec, 2019

पुस ९, काठमाडौं | अमेरिकाले पाकिस्तानलाई कालो सूचिमा राखेको छ | पाकिस्तान सहित ९ देश अमेरिकाको बार्षिक सुचिमा दोश्रो पटक कालो सुचिमा परेका छन् | कालो सुचिमा परेका देशलाई अमेरिकाले प्रतिबन्ध लगाउने गर्छ |

जुन देशमा धर्मको आधारमा भेदभाव हुन्छ, त्यो देशलाई अमेरिकाले कालो सुचिमा राख्ने गरेको छ, पाकिस्तान पनि धार्मिक  स्वतन्त्रताको सवालमा कालो सूचीमा परेको हो | पाकिस्तानले भने अमेरिकाको उक्त कदमलाई खारेज गरेको छ |

पाकिस्तानी विदेश मन्त्रालयले यस प्रति कडा आपति जनाएको छ | अमेरिकाले रबैया देखाएको भन्दै बिज्ञप्तिमा उल्लेख गरिएको छ | भारतलाई कश्मीरमा महिनौंदेखि मानिसहरुलाई कैद गरेर राखिएको छ । हालै धर्मको आधारमा नागरिकता दिने कानून बनाइएको छ, तर अमेरिकाले सामेल गरेको छैन् | भारतलाई कालो सुचिमा नराख्नु संकाश्पद भएको पाकिस्तानको भनाइ छ | 

धार्मिक स्वतन्त्रताको सवालमा अमेरिकाले  सार्वजनिक गरेको सूचीमा चीन, पाकिस्तान, उत्तर कोरिया, साउदी अरब, म्यानमार, इरिटि्रया, इरान, ताजकिस्तान र तुर्कमेनिस्तानलाई दोस्रो पटक पनि राखेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!