भारतीय सेनाको आक्रमणबाट दुई पाकिस्तानी सेनाको मृत्यु

Posted on: 26 Dec, 2019

पुस १० एजेन्सी | भारतीय सेना र पाकिस्तानी सेना बिच  गोलाबारी हुदाँ दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ | बिहीबार  भारत र पाकिस्तान बीच गोलाबारी हुँदा पाकिस्तानी सेना र तीन भारतीय सेनाको मृत्यु भएको पाकिस्तानी सेना प्रवक्ता मेजर जेनरल मसिफ गफुरले बताएका छन् |

पाकिस्तानी सेनाले भारतीय पोष्ट भत्काएको समेत बताएको छ | यसबारे भारतले भने आफ्ना सेनाको मृत्यु दाबि गरेको छैन | उक्त गोलाबारीमा पाकिस्तानी सेनाका नायब सुवेदार ‍कन्डेरो र सिपाही मोहम्मद इसनको मृत्यु भएको हो |

यसअघि भारतले कास्मिरमा मिसाइल लञ्चर राखेको आरोप लगाउँदै पाकिस्तानले संयुक्त राष्ट्रसंघ पत्र पठाइसकेको थियो | भारतले कस्मिरको विषेशाधिकार खोसेसँगै पाकिस्तानसँग उसको तनाव चुलिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!