९८ यात्रु बोकेको विमान दुर्घटना, १४ जनाको मृत्यु

Posted on: 27 Dec, 2019

पुस ११, एजेन्सी  | कजाकिस्तानमा ९८ यात्रु बोकेको विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ | शुक्रबार बिहान बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा दुर्घटना भएको हो | 


अहिले सम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको अधिकारिह्र्रुले बताएका बताएका छन् | केहीको  जिवितै उद्धार पनि गरिएको छ भने कम्तीमा ३५ जना घाइते भएका छन् | जस मध्ये ९ जना बालबालिका रहेका छन् भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ | देशको राजधानी नुरसुल्तानका लागि  सबैभन्दा ठूलो सहर अल्माटीबाट उडेको थियो |


स्थानीय समय अनुसार  ७ बजेर २२ मिनेटमा दुर्घटना ग्रस्त बनेको थियो  | विमान दुर्घटना हुनुभन्दा अगाडी  दुई तले भवनमा ठोक्किँदै खसेको थियो | दुर्घटनाको कारण भने पत्ता लागेको छैन |


यस बिषयमा तपाइको प्रतिक्रिया...!