एयर इन्डियाले सरकारी निकायलाई उधारो टिकट दिन छोड्यो

Posted on: 27 Dec, 2019

पुस ११, एजेन्सी | भारतको राष्ट्रिय ध्वजाबाहक जहाजले लामो समयदेखिको बक्यौता नतिरेको भन्दै आफ्नो देशका सरकारी निकायलाई उधारो टिकट दिन छोडेको छ |

भारतीय संचार माध्यमका अनुसार अर्बौ घाटामा रहेको एयरलाइन्समा धेरै सरकारी निकायहरूले १० लाख भारुभन्दा बढी उधारो राखेका छन् | सरकारी निकायको उधारोमात्र २ अर्ब ६८ करोड रहेको छ |

एयरलाइन्सका वरिष्ठ अधिकारीहरुलाई उद्धत गर्दै आएका समाचारहरुका अनुसार उधारो असुल भएमात्र टिकट उधारोमा दिन सकिने बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!