मोदीले २ लाख ४५ हजारको चस्मा लगाएर पनि ग्रहण नदेखे पछि,भन्छन् ...

Posted on: 27 Dec, 2019
पुस ११, एजेन्सी | बिहिबार लागेको सुर्य ग्रहण नेपाल लगाएत बिभिन्न ठाउँबाट देखिएको थियो | नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरु भई ११ बजेर ३१ मिनेटमा उक्त खण्डग्रास समाप्त भएको पंचांग समितिले जनाएको छ |

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सूर्यग्रहण हेरको तस्बिर पोष्ट गर्दै  ट्वीटरमा लेखेका छन् ‘थुप्रै भारतीय झैं म पनि सन् २०१९ को सूर्य ग्रहण हेर्न उत्साहित थिएँ । तर बादलका कारण देख्न सफल भइनँ । यद्यपि, मैले लाइभ स्ट्रिममार्फत् कोझिकोड (केरल) बाट ग्रहणको झलक देखेँ । ’

उनको यो ट्वीट सोसल मिडियामा निकै भाइरल भयो | ट्वीटरका एक प्रयोगकर्ताले भने, ‘यदि तपाईं जर्मन सपना बाँचिरहनुभएको छ भने यो जर्मनमार्फत् हेर्नुहोस् । मेब्याक जसको मूल्य भारु १.६ लाख पर्दछ । ’ उनले ह्याशट्याग गर्दै लेखेका छन् ‘ब्रान्डेडफकिर’ ।
ती प्रयोगकर्ताले तीनवटा फोटो सेयर गरेका छन् । पहिलो फोटोमा मोदीले चस्मामार्फत् बादलतर्फ हेरिरहेको देखिएका छन् । दोस्रो फोटोमा प्रयोगकर्ताले चस्मामा बनेको मेब्याक कम्पनीको लोगो देखाए । तेस्रो फोटोमा मेब्याकको मूल्य  २ हजार १ सय ५९ डलर बताइएको छ जुन करिब २ लाख ४५ हजार नेपाली रुपैयाँ हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!