अमेरिकाको न्युयोर्कमा ५ जना माथि चक्कु प्रहार, आक्रमणकारी फरार

Posted on: 29 Dec, 2019

पुस १३, एजेन्सी | अमेरिकाको  न्युयोर्क मोन्सेमा चक्कु प्रहारबाट पाँच जना घाइते भएका छन् | यहुदी धर्मालम्बीको प्रार्थनाघर नजिकै शनिबार राति 'हासिडिक रब्बी' जातका मानिस बस्ने घरमा चक्कु प्रहार भएको हो | चक्कु प्रहार गरेर आक्रमणकारी भने फरार रहेका थिए |

यहुदीको हनुक्का पर्व मनाउन दर्जनौं मानिस  घरमा भेला भएका थिए | न्युयोर्क टाइम्सका अनुसार एक जना घाइतेले आक्रमणकारीले छ पटकसम्म चक्कु  घोपेका छन् | गम्भिर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लागिएको छ |

आक्रमण गर्नेहरु भने कार चढेर भागेका थिए | अमेरिकामा यहुदीमाथि पटक-पटक आक्रमण हुँदै आएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!